रंगभेदविरुद्धको आन्दोलनले घेरियो ह्वाइट हाउस, ट्रम्प लुके !

काठमाडौं । एक अमेरिकी प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा अश्वेत नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि पीडित पक्षले ह्वाइट हाउस घेरेका छन् ।

आइतबार राति प्रदर्शनकारीहरुले राष्ट्रपति निवास ह्वाइट हाउस घेराउ गरेका हुन् । त्यहाँ पुग्दा आन्दोलन चर्किएर हिंसात्मक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प लुक्नु परेको सिएनएनले जनाएको छ ।

सिएनएनका अनुसार बाहिर प्रदर्शनकारीहरुले नारा लगाउँदै ढुङ्गामुढा गरेपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पका साथै उनीहरुका छोरा ब्यारेनलाई त्यहाँबाट बंकरमा पुर्‍याइएको हो। त्यहाँ उनीहरुले १ घण्टा कुरेका थिए। सो अवधिभर ह्वाइट हाउस बाहिरका बत्तीहरु समेत निभाइएका थिए ।

सुरक्षा अधिकारीहरुले कुनै चुनौती नदेखेपछि मात्र उनीहरुलाई बाहिर निकालियो । हाल रंगभेदविरुद्धको आन्दोलन अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ। ट्रम्पले केही दिन यता आन्दोलनकारीहरुलाई कटाक्ष गर्ने किसिमका ट्वीट लेख्दै आएका थिए। जसको विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *