कसरी ठिक भइन् १०० वर्षीया कोरोना संक्रमित कामतिम ?

इण्डोनेशिया । इण्डोनेशियामा एक सय वर्षीया महिला कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मुक्त भएकी छिन् । कामतिम नामकी ती वृद्धा महिला इण्डोनेशियाको दोस्रो सबैभन्दा ठुलो शहर सुरबायाको एक सरकारी अस्पतालमा भर्ना भएकी थिइन् ।

करिब एक महिनासम्म चिकित्सकको निगरानीमा रहेकी कामतिमलाई अस्पतालले डिस्चार्ज गरिसकेको बीबीसीले जनाएकाे छ । पूर्वी जावाका गभर्नर खोफिफा इन्दर पारावासनाले भनेका छन्– ‘मलाई विश्वास छ कि कामतिम पुरै निको भएपछि बाँकी वृद्धहरुलाई पनि हिम्मत मिल्नेछ ।’

कामतिमकी बुहारी सिति अमीनले एक समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा ती वृद्धाको निको हुनुको कारण उनको व्यक्तिगत अनुशासन र व्यवहार दृढता हो । उनले भनेकी छिन्– ‘जब डाक्टर र नर्स उनको बारेमा कुरा गर्थे तब उनीहरु भन्ने गर्थे कि कामतिम निकै साहसी हुनुहुन्छ । उहाँलाई बिमारीको डर छैन । हरेक कुरामा सतर्क हुनुहुन्छ र औषधि पनि समयमै सेवन गर्नुहुन्छ । उहाँ हमेसा ठिक हुन चाहनुहुन्थ्यो । उपचारका क्रममा उहाँले हिम्मत हार्ने खालका कुरा गर्नुभएन ।’

इण्डोनेशियामा हालसम्म २६ हजार भन्दा बढी मानिसहरु कोरोना संक्रमित छन् भने संक्रमितमध्ये १ हजार ६१३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *