काेराेना कहरः अन्तिम संस्कारपछि अस्पतालले भन्यो– ‘बिरामी जिउँदो छ’

काठमाडौं । गुजरातको अहमदाबादस्थित सिभिल अस्पतालमा आइतबार अनौठो घटना घटेको छ । यहाँ पहिले एक बिरामीको परिवारलाई सूचना दिइयो कि उनको कोभिड १९ संक्रमणबाट मृत्यु भयो । त्यसको ठिक दोस्रो दिन अस्पतालबाट परिवारलाई फोन आयो कि– ‘कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । उनको स्वास्थ्यमा सुधार भइरहेको छ । त्यसैले उहाँलाई घर लैजान सक्नुहुन्छ ।’

फोनपश्चात् जब परिवार बिरामीलाई लिन अस्पताल गए तब उनीहरुलाई  फेरि भनियाे कि– ‘बिरामीको मृत्यु भइसक्यो ।’

निकोल इलाकामा बस्दै आएका ७१ वर्षीया देवरामलाई श्वास फेर्न समस्या भएपछि २८ मे मा अहमदाबादको सिभिल अस्पताल भर्ना गरिएको थियो । देवराम डायबिटिजका बिरामी थिए । अस्पताल प्रशासनले देवरामका ज्वाईँ नीलेश निकतेसँग एक सहमति पत्रमा हस्ताक्षर गर्न भन्याे जसमा लेखिएको थियो कि यदि उपचारका क्रममा बिरामीलाई केही भयो भने अस्पताल जिम्मेवार हुने छैन ।

नीलेशले बीबीसीसँग भनेका छन्– ‘मेरो ससुरालाई सिभिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ आजकाल कोभिड १९ का बिरामीको उपचार चलिरहेको छ । त्यो समय ससुराको सुगर लेभल ५७५ थियो । जब अस्पताल प्रशासनले मलाई सहमति पत्रमा हस्ताक्षर गर्न भन्यो तब मैले आफ्नो ससुरालाई हेर्ने जिद्दी गरेँ । त्यसपछि अस्पतालका स्टाफले भिडियो कल गरे । त्यस समय उनी ठिक देखिन्थे । उनलाई देखेपछि मैले हस्ताक्षर गरेँ ।’

त्यसपछि उपचार सुरु भएको नीलेश बताउँछन् । उनी भन्छन्– ‘अस्पतालको औपचारिकता पुरा गरेर म घर गएको थिएँ । अर्को दिन ससुराको कोरोना संक्रमणका कारण मृत्यु भएको भनेर अस्पतालबाट फोन आयो । त्यसपछि जब मेरो परिवार अस्पताल पुग्यो तब हामीलाई नीलो रंगको पीपीईले ढाकिएको एक शव दिइयो । त्यो समयसम्म हामीलाई उनको कोरोना पोजेटिभ रिपोर्ट दिइएको थिएन । अस्पतालका कर्मचारीले हामीलाई उनको कपडा देखाए तब हामीले मान्यौँ कि ससुराको निधन भयो । त्यस समय मैले उनको अनुहार देखिनँ । त्यसपछि हामी अन्तिम संस्कारको तयारीमा व्यस्त भयौँ ।’

घटना यहीँ खतम भएन । त्यसको अर्को दिन अस्पतालबाट नीलेशलाई फेरि फोन आयो । उनले भने– ‘अस्पतालले मेरो ससुराको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको र उनलाई जनरल वार्डमा सारिएको बतायो । अस्पतालले उनलाई घर लैजान सुझाव समेत दियो ।’

अस्पतालको त्यो फोनपश्चात नीलेशको परिवारमा आतंक छायो । सबैले यो सोचेकी देवरामको ठाउँमा कसको अन्तिम संस्कार गरियो । त्यसपछि नीलेश र उनका परिवार एक पटक पुनः अस्पताल पुगे । तर त्यहाँ स्टाफले देवरामको मृत्यु भएको बतायो । र यो सावित गर्नका लागि उनीहरुसँग कागज पनि थियो । परिवारलाई लाग्यो कि कुनै गलतफेमी भयो । त्यसपछि उनीहरु घर फर्किए ।

अस्पतालले पनि गल्तीका कारण यस्तो भएको र शव अदलबदल नभएको दाबी गरेको बीबीसीले उल्लेख गरेकाे छ ।नीलेशका ससुराको निधनको समय कोभिड रिपोर्ट नआएका कारण यस्तो समस्या भएको अस्पताल प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *