थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौँ ।  नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताइएको थियो ।

सोमबार साँझ कोरोना पुष्टि भएकामा पाल्पा निस्दी गाउँपालिकाका २, नवलपरासीको सरावल गाउँपालिकाका १, गुल्मीको रेसुंगा नगरपालिकाका १, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ र रुपन्देहीको गैडहवाका २ जना गरी १३ जना छन् ।

Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *