तिब्बत सरकारले प्रदेश १ सरकारलाई दियो ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री

विराटनगर । चीनको तिब्बत सरकारले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो ।

करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चीनले सहयोग गरेको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ थान, भेन्टिलेटर ३ थान । एक्स-रे पोर्टेबल मेसिन १ थान रहेका छन् ।

त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन १५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्ममिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, हयान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

स्वास्थ्य समाग्रीहरु प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारीरुपमा प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *