मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम क्रमिक सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको थियो । ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले आजबाट मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ २० गते (मंगलबार)
दिउँसोः पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)
दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २२ गते (विहीबार)
दिउँसोः प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *