थबाङ जान्छु भनेर हिडेका दाजुुभाइ दुई सातादेखि बेपत्ता
मकालु खबर
२०७७ जेठ २० गते
रुकुमपूर्व । भूमे गाउँपालिका-२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।
पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् ।
थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए । हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ । परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ ।
मकालु खबर
२०७७ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित