बागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

काठमाडौं । बागमती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।

त्यसैगरी आगामी असार १ गते बागमती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *