चलचित्र विकास बोर्डकाे अध्यक्षका लागि भुवन केसीसहित ३ जनाकाे नाम सिफारिस

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् अन्तर्गत भुवन केसी र दयाराम दाहालसँगै अर्काे एक जनाकाे नाम सिफारिस गरेको स्रोतको भनाइ छ ।

बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि मंसिर २९ देखि खाली रहेको अध्यक्ष पदका लागि बोर्डले आवेदन मागेको थियो । भुवन केसी, दयाराम दाहाल, राजेन्द्र थापा, भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

उनीहरुमध्ये तीन जनाको नाम सिफारिस भएको हो । अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।

निर्देशक दाहाल चलचित्र विकास बोर्डका सदस्य समेत रहेका छन् । भुवन पनि एक बलिया प्रतिस्पर्धी हुन् । उनी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

बोर्डको अध्यक्षका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । २० वर्ष चलचित्र क्षेत्रमा काम गरेको व्यक्तिले मात्रै आवेदन दिन सक्ने व्यवस्था छ । यसअघि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको १० वर्षे अनुभव चाहिने मापदण्ड थियो । बोर्डले यस पटक आवेदन आह्वान गर्दा पुरानो नियम हटाएर नयाँ नियम ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *