आमाको शवसँग खेल्दै ब्युँझाउन खोज्ने बालकलाई साहरुखले गरे सहयोग

काठमाडौं । मृत आमाको शवसँग खेल्दै गरेका बालकलाई बलिउड अभिनेता साहरुख खानले सहयोग गरेका छन् ।

लकडाउनको समयमा अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार एक महिलाको मुजफ्फरपुरमा निधन भएको थियो । ती बालक आमाको पछ्यौरी तान्दै, उनीसँग जिस्कँदै खेलिरहेका थिए ।

रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला) को शवलाई ती बालकले ब्युँझाउन खोजिरहेका थिए । ती अबोध बालकलाई यो थाहा थिएन कि उनकी आमा कहिल्यै नब्युँझने गरी निदाइसकेकी छिन् । उनको आत्मा, ममता शरीरसँग छैन !

मजदुर महिलाका तिनै अवोध बालक तथा महिलाको परिवारको सहयोगका लागि बलिउड अभिनेता शाहरुख खान अघि सरेकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ । अहिले बालकको हेरचाह हजुरबुवाले गरिरहेका छन् । साहरूखको स्वामित्वमा रहेको मीर फाउन्डेशनले सहयोगको हात अघि बढाएको हो ।

https://twitter.com/i/status/1267413576152645632

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *