कर्णाली प्रदेशः १४ वर्षीय बालकसहित थप २९ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २६२ पुगेको छ । आज थप २९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६२ पुगेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का का ८ जना, वीरेन्द्रनगर नगरपालिका– ३ का ३ जना, सल्यान दार्मा गाउँपालिका–१ का १ जना, सोही गाउँपालिका वडा नम्बर–२ का २ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर ४ का ४ जनामा संक्रमण पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै अछाम मंगलसेन नगरपालिका–४ का १ जना र मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । संक्रमितहरू १४ देखि ५० वर्ष उमेर समूहका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *