लकडाउनको विरोधमा उत्रिए जोरपाटीका व्यापारी

काठमाडौं । लगातारको लकडाउनका कारण व्यापार व्यवसाय संकटमा जाने भएपछि काठमाडौंको बौद्ध जोरपाटीका व्यापारीहरु विरोधमा उत्रिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले चैत्र ११ देखि सुरु गरेको लकडाउन अझै रोकिएको छैन । म्याद थप्दै बढाउँदै जेठ मसान्तसम्म बन्दाबन्दी थपिएको छ ।

यस्तो अवस्थामा भाडा तिर्न तथा खर्च धान्न मुश्किल भएको भन्दै त्यहाँका व्यवसायी तथा पसलेहरुले लकडाउनको विरोध गर्दै पसल खोलेका हुन् । पसल खोलेर व्यापार गर्न थालेपछि प्रहरीले प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दबाब दिएको थियो ।

‘लगभग साढे २ महिना भयो । त्यतिन्जेलसम्म हामीले राज्यको सम्पूर्ण निर्देशनको परिपालन गर्यौँ । पसल बन्द गर्यौँ । आज बल्ल हामीले पसल खोलेका छौँ । अब हामी बन्द गर्न सक्दैनौँ । हामीलाई कोरोनाको डर भन्दा पेटको डर भइसक्यो’, एक व्यापारीले भने । प्रहरीको दबाबपछि उनीहरुले पसल बन्द गरेका छन् । यसअघि विराटनगरका व्यापारीहरुले पनि लकडाउनको विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *