भैंसी चराउन गएका वृद्धको खोलामा डुबेर मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा आज मंगलबार दिउँसो खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

रत्ननगर वडा नं ९ भएर बग्ने खगेरी खोलामा डुबेर सोही वडाको लालपर्सा निवासी ६७ वर्षीय गोरे कुमालको मृत्यु भएको वडा सदस्य सरस्वती लामाले जानकारी दिइन् । भैँसी चराउन जाँदा खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । कुमालको सब पोर्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको टाँडी प्रहरीले जनाएको छ ।

करिब एक हप्ताअघि सोही वडाका एक बालकको खगेरी खोलामै डुबेर ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *