थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ हजार नाघ्याे

काठमाडौं । आज एकैदिन थप २८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।

प्रवक्ता देवकाेटाका अनुसार रौतहटमा ७४, स्याङ्जामा ५, पर्वतमा ५, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १‍७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कन्चनपुरमा ८ र कैलालीमा १० जना संक्रमित थपिएका छन् ।

त्यस्तै धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा २१, सिरहामा १७, भक्तपुरमा १, धादिङमा १, कपिलवस्तुमा १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वमा १, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ र रूपन्देहीमा १० संक्रमित थपिएको प्रवक्ता देवकाेटाले जानकारी दिए ।

मंगलबार एकैदिन थप २८८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेकाे छ । संक्रमितमध्ये २६६ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *