काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले आज पुष्टि भएकामा काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मी पनि रहेको बताएका छन् ।

मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।  काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मी र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा  कोरोना संक्रमण भएको हो ।

यस्तै आज एकैदिन मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै मंगलबारसम्मको रिपोर्ट अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *