असुरक्षित क्वारेन्टाइनहरु बन्द गर्न सहमहामन्त्री महतको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले क्वारेन्टाइनको सुरक्षित प्रबन्ध गर्न नसकेको बताएका छन् ।

सहमहामन्त्री महत आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै अब सरकारले सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्ला भनेर आफूले आशा समेत नगरेको उल्लेख गरेका छन् । सार्वजनिक क्वारेन्टाइन कोरोना भाइरस संक्रमणको केन्द्र भएको भन्दै पुर्ण रूपमा सुरक्षित र बिश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्न नसकेका असुरक्षित क्वारेन्टाइनहरुलाई बन्द गर्न उपयुक्त हुने उनको सुझाव छ ।

यस्तै उनले होम क्वारेन्टाइन नै तुलनात्मक रूपमा सुरक्षित विकल्प हुन सक्ने पनि तर्क गरेका छन् । सहमहामन्त्री महतले बन्दाबन्दी मात्रै बढाउने तर घर फर्केकाहरुलाई पिसिआर टेस्टको प्रबन्ध सरकारले नगरे महामारी फैलिने भन्दै सबै घर फर्केकाहरुलाई पिसिआर टेस्टको प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *