आईपिएस नेपालद्वारा १४ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान 

भरतराज शर्मा (गोपाल)

धरान सुनसरी । सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालले प्रदेश नम्बर १ का  ६ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौँ मूल्य पर्ने सुरक्षा सामग्री प्रदान गरेको छ ।

आज मङ्गलवार आइपासले  प्रदेश १ का ६ जिल्लाहरू तेह्रथुम सङ्खुवासभा, सुनसरी, इलाम, मोरगं र पाँचथरका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको संस्थाका प्रदेश नम्बर १ संयोजक केदार भण्डारीले जानकारी दिए।

ती सबै जिल्लाहरूमा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूलाई पीपीई,केएन नाइन फाइभ मास्क लगायतका सुरक्षा सामाग्री  वितरण गरेको संस्थाले जनाएको छ ।

सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य सँगै परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको संस्थाले कोसी अञ्चल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धरान उपहानगर पालिका, पाँचथर जिल्ला अस्पताल लगाएका स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका चिकित्सक तथा स्वास्थ्य कर्मीसँगै महिला स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सुरक्षा सामाग्री  हस्तान्तरण गरेको भण्डारीले बताएका छन् ।

स्वास्थ्य समाग्रीहरुमा पीपीई ९१ थान, एप्रोन ३ सय २५ थान, केएन नाइन फाइभ २ सय ४० थान, सर्जरी मास्क १५ हजार ९ सय ५६ थान, डिस्पोजेवल मास्क १५ हजार ७ सय ५६ थान, ह्याण्ड स्यानिटाइजर १४ सय ४१ थान, रेक्जिन थ्री एम १ सय ८८ थान रहेको संस्थाका संयोजक भण्डारीले जानकारी दिए । उक्त सबै सामाग्रीको बजार मूल्य १४ लाख ४५ हजार ३ सय ८५ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *