सुत्केरीको हेलिकोप्टरबाट उद्धार

बागलुङ । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पुर्‍याइएको छ ।

११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी भएकी पोखरेललाई उच्च रक्तचाप, बेहोस हुने जस्ता समस्या देखिएपछि मङ्गलबार दिउँसो आकस्मिक उद्धार गरिएको हो ।

राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । पोखरेलको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *