आज जेठ २१ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ २१, २०७७ । ई.सं. 03 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । बुधवार ज्येष्ठ शुक्लपक्ष । तिथि द्वादशी, ०७:३० बजे उप्रान्त चतुर्दशी । नक्षत्र स्वाती, १९:५८ बजे उप्रान्त विशाखा । योग वरियान् ०५:३८ बजेदेखि परिघ, २६:४१ बजे उप्रान्त सिद्ध करण । वालव ०७:३० बजेदेखि कौलव, १८:१९ बजे उप्रान्त भद्रा । चन्द्रराशि तुला । आनन्दादि योग धुम्र । दिनमान ३४।२२ । सूर्योदय ०५:१० । सूर्यास्त १८:५५ प्रदोष व्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घर जग्गा या भौतिक सुखबाट लाभ मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान प्रतिष्ठामा बृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भईएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाईदा हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा सामानपनि हराउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन रहनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दुविधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *