घटेन कोरोना कहर : एकैदिन साढे ४ हजारको मृत्यु, १ लाखबढी संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ हजार बढीको मृत्यु भएको छ भने १ लाख १० हजार बढी संक्रमित थपिएका छन् ।

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा विश्वभर १ लाख १० हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोना संक्रमणबाट विश्वभर ४ हजार ५ सय १९ जनाले ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या भर ३ लाख ८२ हजार ३ सय ६८ पुगेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ६४ लाख ८५ हजार ९ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म ३० लाख १० हजार ४ निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । ४ घण्टामा त्यहाँ २० हजार ८०८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख ८० हजार १३१ पुगेको छ । कुल संक्रमितमध्ये ६ लाख २५ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *