सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिएन, मन्दिरको हलमा कटाए रात

  • अंकुश कुँवर

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितलाई भर्ना नगरी फिर्ता गरिदिएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको हो ।

गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले जानकारी दिए । उनका अनुसार अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ ।

‘५ जना नयाँ संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समेत समस्या देखिएको छ,’ मेयर देउवाले भने, ‘ज्वरो आउने र खोकी लाग्ने भईरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरिएन ।’

संक्रमित बिरामीलाई अहिले वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको छ । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको मेयर देउवाको भनाई छ ।

यता सेती प्रादेशिक अस्पतालका अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले आइसोलेसन वार्ड अभावले भर्ना नगरिएको बताए । ‘२४ शैयाको आईसोलेसनमा २५ जना संक्रमितलाई राखिएको छ,’ उनले भले थप ५ जनालाई राख्न वार्ड नभएपछि भर्ना नगरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *