४ दिनअघि भारतबाट आएकी महिलाको क्वारेन्टाइनमा मृत्यु

काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी वडा नम्बर-२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । उनको मृत्यु कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयले बुझिरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *