राज्यको दायित्वबारे प्रश्न गर्दै डा. शेखर कोइरालाले भने- ‘सरकारले विवेक गुमायो’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकप्रति राज्यको दायित्वबारे सरकारमाथि प्रश्न उठाएका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारले विवेक गुमाएको टिप्पणी गरे ।

‘सरकारले एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाऊ भन्दैछ,’ नेता कोइरालाले प्रश्न गरे- ‘उद्योग कलकारखाना ठप्प रहेको, श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसकेको र व्यापार-व्यवसाय चौपट रहेको बेला यही हो सरकारको विवेक ?’

 

सामाजिक संजालमा उनले भनेका छन्- सरकार एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ । उद्योग कलकारखाना ठप्प छ। श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसक्यो । व्यापार र व्यवसाय चौपट छ । यही हो सरकारको विवेक ? नागरिकप्रति राज्यको दायित्व यही हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *