विप्लव नेकपाकी नेतृ उमा भुजेल पक्राउ

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन्। कैलालीमा पक्राउ परेकी नेतृ भुजेललाई कैलाली प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको थियो।

भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। सोही मुद्दामा आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला अदालतमा पेस गरिएको गोरखाका प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले बताए।

भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो। विभिन्न जिल्लामा रहेका मुद्दाको कानूनी प्रक्रियाका क्रममा पछिल्लो पटक उनलाई कैलाली प्रहरीको नियन्त्रणमा लिएको हो। भुजेल माओवादी जनयुद्ध कालमा गोरखा जेल ब्रेक गरेपछि चर्चामा आएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *