कर तिर्न लगाउने उर्दीबाट असफल सरकारको मनोविज्ञान छर्लंग भयोः राणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लकडाउनको अवस्थामा कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको मनोविज्ञान छर्लंग भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा राणाले कर तिर्न लगाउने सरकारको बाध्यकारी उर्दी लोकहित र लोकसम्मति विपरीत रहेको टिप्पणी पनि गरे।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको थियो। नभए जरिवाना लाग्ने विभागले भनेको थियो। असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई उनले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिए।

उनले भनेका छन्, ‘७२ दिनयता देश बन्दाबन्दीमा छ। बन्द व्यापार, व्यवसाय ठप्प छ। कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा। तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ। अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ। असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *