काठमाडौं २९ का पसलहरु भोलीबाट दिउसो १ बजेसम्म खुल्ने

काठमाडौं । लकडाउनले साना तथा मझौला ब्यापारी आक्रान्त भएपछि काठमाडौंको वडा नं. २९ मैतिदेवीमा भोलीबाट विहान ७ बजेदेखि १ बजेसम्म पसलहरु खोल्ने तयारी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले आज बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेपछि भोलीबाट दिउसो १ बजेसम्म पसलहरु खोल्न दिने सहमति भएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. २९ अडाध्यक्ष कुश ढकालका अनुसार सामाजिक दुरी कायम गर्ने तथा कोरोना संक्रमणबाट जोगिने उपाय अवलम्बन गरेर पसलहरु खोल्न दिन लागिएको हो । यसका लागि वडाले स्थानीय पसल ब्यवसायीहरुसँग १ बजेसम्म पसल खोल्न मौखिक सहमति दिएको वडाध्यक्ष ढकालले मकालु खबरसँग भने ।

‘लामो समयदेखि पसल बन्द रहेकाले भाडातिर्ने समस्या भएको ब्यवसायीको गुनासो आएकोले विहान ७ बजेदेखि दिउसो १ बजेसम्म पसल खोल्न दिने सहमति भएको छ । त्यसका लागि उनीहरु आफैंले आफ्नो तथा ग्राहकको स्वास्थ्य सुरक्षा हेर्नुपर्छ ।’ उनले भने । वडाध्यक्ष ढकालका अनुसार पसल सामाजिक दुरी कायमगरी खोलेको नखोलेको स्थानीय प्रहरीले अनुगमन गर्नेछ ।

वडा कार्यालयले रेष्टुरेन्ट, होटल, रक्सी पसललाई भने खोल्न सहमति दिएको छैन । यस अघि सो क्षेत्रमा विहान १० बजेसम्म पसलहरु खोल्न दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *