मन्त्रिपरिषद् बैठक बस्दैः के छन् एजेण्डा ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

तर बैठक बस्ने समय भने यकिन नभएको उनले बताए। स्वास्थ्य आपत्कालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ। ‘नियमित कार्यसूची छन्। लकडाउनबारे पनि समीक्षा त हुने भयो,’ उनले भने।

बुधवार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्कालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको थियो। बुधवार प्रधानमन्त्रीले विज्ञहरूसँग लकडाउनको स्वरूपबारे छलफल गरेका थिए। विज्ञहरूले लकडाउनको स्वरूप परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

लामो समयसम्म लकडाउन हुँदा व्यवसाय धरापमा परेको भन्दै व्यवसायीले व्यापार व्यवसाय खोल्ने बताएका छन्। जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो। बुधबारसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघीसकेको छ।

हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेनटिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ। अब सरकारले कोरोना सङ्क्रमित पुष्टि भएका लक्षण देखिएका बाहेकलाई घरमै क्वारेनटिन राख्न सकिने र त्यसमा स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *