मैतीदेवीमा पनि खुले पसलः वडाध्यक्ष भन्छन्– जनता खुशी भएका छन् !

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–२९ मैतीदेवीमा आज (बिहीबार) देखि पसलहरु खुल्न थालेका छन् । लकडाउनले आक्रान्त भएका साना तथा मझौला व्यापारीले बुधबार बिहान पसल खोल्न पाउनुपर्ने भन्दै विरोध गरेपछि आजबाट दिउँसो १ बजेसम्म खोल्ने निर्णय भएको हो ।

सामाजिक दुरी कायम गर्ने तथा कोरोना संक्रमणबाट जोगिने उपाय अवलम्बन गरेर पसलहरु खोल्न दिइएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए । स्थानीय पसल ब्यवसायीहरुसँग १ बजेसम्म पसल खोल्न मौखिक सहमति दिएको वडाध्यक्ष ढकालको भनाइ छ ।

‘व्यवसायीको गुनासो आएकोले आज बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म पसल खोल्न दिने सहमति भएको हो । सबैले सपाेर्ट गर्नुभएकाे छ । जनता तथा व्यापारी सबै खुशी हुनुभएकाे छ’, वडाध्यक्ष ढकालले मकालु खबरसँग भने, ‘आफ्नो तथा ग्राहकको स्वास्थ्य सुरक्षा भने उहाँहरु आफैँले  हेर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *