भुईँकटहरमा राखेको बम पड्किँदा गर्भवती हात्तीको मृत्यु, स्थानीयले गरे स–सम्मान बिदाई !
केरला । भारतको केरला गाउँमा भुँईकटहरमा राखिएको बम पड्किँदा एक गर्भवती हात्तीको मृत्यु भएको छ । खेतिबाली जोगाउन गाउँ पस्ने बँदेललाई पासो थाप्न राखिएको विस्फोटक पदार्थले भरिएको भुईँकटर खाँदा एक गर्भवती हात्तीको मृत्यु भएको हो ।
स्थानीयले राखेको आशंका गरिएको उक्त भुईँकटर खाएलगत्तै हात्तीको मुखभित्रै विस्फोट भएको थियो । वन कर्मचारीले सामाजिक सञ्जालमा यसबारे लेखेपछि यो घटना सतहमा आएको हो ।
स्थानीयले खेतिबाली जोगाउन जंगली बँदेललाई घरेलु उत्पादनका विस्फोटक पदार्थहरु राखेर फलफुलले पासो थाप्ने गर्छन् ।पलक्कड जिल्लाको साइलेन्ट भ्याली जंगलबाट निस्किएर आहारको खोजीमा नजिकैको गाउँ पसेको उक्त हात्ती एक साताअघि उक्त हात्ती नदीमा उभिइरहेको अवस्थामै मृत भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वन कर्मचारी कृसनले सामाजिक सञ्जालमा हात्तीका तस्विरहरुसहित लेखेका छन्, ‘विस्फोटपछि हात्तीको जिब्रोसहित मुखका विभिन्न अंगहरुमा गम्भीर चोट पुगेको थियो । पीडामा गाउँ घुम्दा पनि हात्तीले कसैलाई पनि आक्रमण गरेन। कुनै घरमा छिरेन। हात्ती निकै राम्रो स्वभावको थियो ।’
घाइते हात्तीलाई ट्रकमा राखी जंगलको बीचमा लगेर अन्तिम संस्कार गरिएको कृषनको भनाइ छ । कृषनले एक भारतीय सञ्चार माध्यमसँग भनेका छन्, ‘उनी सुखद् बिदाइको हकदार थिइन् । त्यसैले हामीले लोरीमा राखेर जंगलभित्र लग्यौँ र उनि खेलेर हुर्किएको ठाउँमा राखेर अन्तिम संस्कार गर्यौँ।’
अन्तिम संस्कार भइरहँदा शिर निहुराएर अन्तिमपटक सम्मान व्यक्त गरिएको कृषनले बताएका छन् ।