स्वास्थ्य सेवा विभागका महानिर्देशकको सरुवा

काठमाडौं। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा तानिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको बैठकले मन्त्रालयका कर्मचारीको हेरफेर गरेसँगै चीनबाट स्वास्थ्य समाग्री खरिद विवादमा मुछिएका महानिर्देशक श्रेष्ठलाई मन्त्रालयमा तानिएको हो।

आपूर्ति महाशाखा विभागका प्रमुख डा.भोगेन्द्रराज डोटेलको पनि मन्त्रालयमा सरुवा गरिएको छ। विभागको महानिर्देशकको रुपमा मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई नियुक्त गरेको छ भने, आपूर्ति महाशाखा विभागकको प्रमुखमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा. रमेश खरेललाई पठाइएको छ।

एक हप्ताअगाडि मात्रै स्वास्थ्य सामग्री खरिदमा मुछिएका स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री कार्यालयमा तानिएको थियो। मन्त्रालयले परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि सरुवा गरिएको छ। गौतमको ठाउँमा ठाउँमा डा. संगीता कौशललाई लगिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *