आफूखुशी बजार खोल्दा सङ्क्रमण फैलिन सक्छः मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उहाँले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरेका छन् । ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ’, मुख्यमन्त्रीले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ ।’ रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *