आज विश्व वातावरण दिवस, भर्चुअल संवाद गरेर मनाइँदै

काठमाडौं । आज ५ जून अर्थात विश्व वातावरण दिवस । सचेतजनमुलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनी मनाउन थालिएको हो ।

तर विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

विभिन्न संघसंस्थाले भर्चुअल छलफल कार्यक्रम आयोजना गरेका छन् । नेपालमा पनि अनौपचारिक रुपमा आयोजना गरिएका भर्चुअल छलफल मार्फत दिवस मनाइदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा “सुरक्षित जीवनका लागि जैविक विविधता” रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *