लकडाउनको मौका छोप्दै खसीको मासुमा मूल्य वृद्धि, उपभोक्ता मारमा

चितवन । लकडाउनको मौका छोपी चितवनका मासु व्यववसायीले खसीको मासुमा अस्वभाविक मूल्य वृद्धि गरेका छन् । लकडाउन अघि प्रतीकेजी १ हजारमा पाईने बोसो रहित खसीको मासुको मूल्य हिजोआज ११ सय पुर्याएका हुन् ।

त्यस्तै बोसो सहितको मुल्य १ हजार बनाईएको छ । लक डाउनको समयमा एकाएक यसरी मासुको मूल्य बृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् । पूर्वी चितवन पर्सामा खसीको मासु बेच्ने व्यवसायीहरुले विगत दुई साता अघिदेखी आफुखुसी मूल्य बढाएको स्थानीय उपभोक्ता राकेश पाण्डेले गुनासो गरे ।

मासु ब्यवसायीहरुले किसानको गोठमा ज्युदो खसीको मूल्य बृद्धि हुँदा आफुहरुले मूल्य वृद्धि गर्न बाध्य भएको जिकिर गरेका छन् । पर्सा बजारमा पर्सा फ्रेस हाउस सञ्चालन गर्दै आएका व्यवसायी प्रल्हाद उप्रेतीले मासुको मूल्य बढाउने निर्णय मासु व्यवसायी समितिको नभई पर्साका केहि व्यवसायीको सहमतीमा गरिएको बताए ।

खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले यस बिषयमा आफुलाई कसैले गुनासो नगरेको तर अनुगमन गर्ने बताए । उता जिल्ला प्रशाशन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडा कोही ब्यक्ति बिशेषले आफुखुसी मूल्य बढाउन नपाउने भन्दै बजार अनुगमनका क्रममा त्यस्तो भेटीए प्रचलित ऐन अनुसार कारवाही गरीने बताउँछन् ।

यता ज्युदो खसीको मूल्य किसानले बढाएको आरोप लगाउदै तयारी मासुको मूल्य वृद्धि गरे पनि किसानले बिगत एकदुई बर्ष अघिदेखी हिजो आजसम्म पनि ज्युदो ३० केजी भन्दा ठुलो खसीको मूल्य ६ सय र ३० केजी भन्दा कमको ५ सय ५० मा बिक्री गर्दै आएका छन् । यस्तै चितवनमा ब्रोईलर कुखुराको मासुमा पनि मूल्य वृद्धि भएको छ । लकडाउन जारी रहदा केहि समय अघि २ सय ५० प्रति केजी झरेको मूल्य अहिले प्रति केजी ३ सय ८० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *