रुकुमपश्चिम घटनाः छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं । रुकुमपश्चि जिल्लाको चौरचहारी–८ सोतीमा जेठ १० गते घटेको घटनाका सम्बन्धमा संसदीय छानविन समिती गठन हुने भएको छ ।

आज (शुक्रबार) को प्रतिनिधि सभाका अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि प्रतिपक्ष दलकी नेत्री पुष्पा भुसाल गौतमले कुरा उठाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संसदिय छानविन समिति गठन गरिने बताएका हुन् ।

‘अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आज मान्य श्री पुष्पा भुसाल गौतमले कुरा उठाउनु भएको छ । त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुसन्धान गरी सभामा प्रतिवेदन पेस गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आवश्यक छलफल पश्चात् प्रतिनिधिसभा नियामावली २०७५ को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरीने व्यहोरा मान्य सदस्यहरुलाई जानकारी गराउँदछु’, सभामुख सापकोटाले भने ।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावन दिएकी थिइन् । सबै सांसदहरु उठेर उनको समर्थन गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसदीय छानविन समिति बन्ने बताएका हुन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । घटनामा  नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरु सबैको शव भेरी नदीमा भेटिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *