‘शहर होइन, अब गाउँ बनाऔँ अभियान आउनुपर्छ’

काठमाडौं । प्रतिनिधि सभाकी सांसद रंगमति शाहीले अब शहर होइन गाउँ बनाऔँ अभियान आउनुपर्ने बताएकी छिन् । संसदको शुक्रबारको बैठकमा खर्च कटौती प्रस्तावमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन्– ‘सहरी विकास मन्त्रालय सहर बनाउने रे अब त जम्मै मान्छेहरु गाउँ पसिसके, गाउँ बनाउनुपर्ने हो , खरका छानामुनि बस्ने जनताहरु मात्र गरिब हुन् रे । माटामुनि बस्ने जनताहरु धनी हुन् रे । नगरपालिका भएका मात्र जिल्ला सहर बनाउने रे । गाउँपालिका भएका जिल्लालाई गाउँ नै बनाउने रे !’

त्यस्तै उनले खेलकुद मन्त्रालयको बजेट पनि कटौती गर्न माग गरेकी छिन् । ‘युवा तथा खेलकुद मन्त्रालयलमा मैले खर्च कटौती किन गरेको भने एक त बजेट नै कम छ । त्यसैमा पनि खेलाडी उत्पादन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ताहरु पाल्ने खालका शिर्षकमा विनियोजित भएकाले खेलाडीहरुको रोजगारी ग्यारेन्टी छैन । खेलाडीहरुको सबै जिम्मा सरकारले लिनुपर्ने त्यतातिर पनि ध्यान पुगेको छैन’, उनको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झन् गरिबै बनाउने बजेट आएको उनले टिप्पणी गरिन् । त्यसैगरी खानेपानी मन्त्रालयले एक घर एक धारा भन्ने नारा खुमलटारमै बिर्सिएर आएजस्तो भएको उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *