कर विवरण बुझाउने म्याद असोज मसान्तसम्म दिन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद असाेज मसान्तसम्म थप गर्न सरकारलाई आग्रह गरेको छ ।

नाडाले विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको कारण मुलुक नै लकडाउनमा रहेको अवस्थामा कर तिर्ने परिस्थिति नभएको बताउँदै आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने समय असोज मसान्त सम्म दिन आग्रह गरेको हो ।

सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द रहेको अवस्थामा जेष्ठ २५ गतेसम्म सवै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन भन्नु न्यायोचित नभएको नाडाको ठहर छ ।
नाडाले व्यवसायीहरुले कर विवरण र कर रकम तोकेको समयमा बुझाउन कठीन भएको कुरा मौखिक रुपमा जानकारी दिँदै दिएको बताएको छ ।

नाडाले अटोमोवाइल व्यवसायीहरुको जायज र न्यायोचित माँगलाई सम्बोधन गर्नेगरी आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल असाेज मसान्तसम्म थपगरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको नाडाका महासचिब सुनिल रिजालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *