संसदमै सांसदहरू विच विभेद गरीएको भन्दै संविधान संसोधनको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले सांसद लामाले आर्थिक वर्ष ०७७/०७८ को बजेट कार्यान्वयनमा ठूलो चुनौति रहेको बताए । उनले कोरोना भाइरसका कारण मुलुककै अर्थतन्त्र धरासायी भएको बेला सरकारले कार्यान्वयन नै गर्न नसकिने ठूलो बजेट समेत ल्याएको जिकिर गरे ।

‘बाहिर देख्नेले एकदम राम्रो बजेट ल्यायो भन्ने तर, भित्र नैं एकदम खोक्रो छ । बजेट कतैपनि कार्यान्वयन हुन सक्ने छैन ।’ नेपाली कांग्रेस साँसद लामाले भने ।

उनले ऋण लिएर आएको बजेट भन्दै नपुग बजेट कसरी मिलाउने भन्दै प्रश्न गरे । उनले विभिन्न विकास निर्माण, कोरोना रोकथाम नियन्त्रण र रोजगारका क्षेत्रमा बढिमा १२ खर्ब भन्दा बढि खर्च गर्न नसक्ने बताए । विदेशीबाट ऋण लिएर चलाउने भनेको बजेट कार्यान्वयन गर्न नसकिने दावि गरे । लामाले बैदेशिक अनुदान र ऋणबाट चलाउने भनिएकोमा भोली बैदेशिक अनुदान नआए के गर्ने सरकारसँग जवाफ नभएको तर्क गरे ।

नेपालको संविधान २०७३ को धारा ८३ ले १६५ निवाचित सांसद र ११० जना समानुपातिक सांसदहरुलाई विभेद गरीएको भन्दै संविधान नै संसोधन गर्नुपर्ने बताए । उनले सदनले निर्वाचित र समानुपातिक सांसद भनेर विभेद गरेको तथा सरकारले सांसद विकास कोषमा पनि विभेद गरेको जनाए ।

‘संसदमै सांसदहरुमा विभेद गरीएको छ । यसले विभेद हुन्छ । अब यो संविधान संसोधन गर्नुपर्छ’ उनले भने । उनले कि पूर्ण समानुपातिक पद्दति हुनुपर्ने कि पूर्ण निर्वाचित पद्दति हुनुपर्ने जिकिर गरे ।

लामाले असार ७ गते भित्र उद्याेगी ब्यापारीले कर तिर्न नसक्ने समेत बताए । उद्याेग, ब्यापार ब्यवसाय ठप्प रहेकाे अवस्थामा सरकारले दिएकाे असार ७ गतेकाे समय सिमामा कर बुझाउन नसकिने पनि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *