राष्ट्रपति कार्यकारी हुनुपर्ने भन्‍दै संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं । संघीय संसद सचिवालयमा गैरसरकारी विधेयकका रूपमा थप एउटा संविधान संशोधन विधेयक दर्ता भएको छ । आज (शुक्रबार) दिउँसो सांसद प्रेम सुवालले आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन् । सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसँगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या चार पुगेको छ ।

यसअघि सरकारले नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा पनि संविधान संशोधन विधेयक दर्ता भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *