फोर्ब्सको सूचीमा अक्षय कुमार, कति छ कमाई ?

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार फोब्र्सको सूचीमा परेका छन् । फोर्ब्स म्यागजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा उनी पनि पर्न सफल भएका हुन् ।

भारतीय ३६६ करोड कमाइका साथ फोर्ब्सको यस सूचीमा पर्न सफल अक्षय एकमात्रै बलिउड सेलिब्रिटी हुन् । यो २०१९ को जुनदेखि २०२० को मेसम्मको कर अगावैको उनको कमाइ हो ।

फोर्ब्सले हरेक वर्ष विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने एक सय सेलेब्रिटीको सूची सार्वजनिक गर्छ । जसमा कलाकारको वर्षभरको कमाईका आधारमा उल्लेख गरिन्छ । यस वर्ष काइली जेनर सूचीको पहिलो स्थानमा छिन् । उनले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन् । कान्ये वेस्ट दोस्रो नम्बरमा छन् ।

भारतबाट एक्लो प्रतिनिधि अक्षय कुमारले फोर्ब्स २०२० को सूचीमा ५२ नम्बरमा छन् । हलिउड सेलिब्रिटीहरू जेनिफर लोपेज (५६), विल स्मिथ (६९), रिहाना (६)०, ज्याकी च्यान (८०) लगायत चर्चित सेलिब्रिटीहरूलाई उछिनेर यस सूचीको ५२औं स्थानमा पर्न सफल भएका हुन् ।

उनको यस वर्षको आम्दानी ४८.५ मिलियन डलर रहेको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष उनको यस सूचीमा स्थान खस्किएको हो । अघिल्लो वर्ष भारतीय ४९० करोडको कमाइसहित उनी ३३औं स्थानमा पर्न सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *