कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, ६९ लाख ७४ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ४ लाख बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ४ लाख २ हजार ९४ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ६९ लाख ७४ हजार ७ सय २१ छ भने संक्रमितमध्‍ये हालसम्म २४ लाख ११ हजार २ सय ८१ निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६८७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संऋया १ लाख १२ हजार ७७ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४६५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९५७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन् ।

इटालीमा २ लाख ३४ हजार ८०१ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८४६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ५३ हजार ६३४ कुल संक्रमित भएका छन् भने २९ हजार १४२ जनाको मृत्यु भएको छ ।

यसैबीच ७० हजार ८०६ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८८ हजार ३९० कुल संक्रमित भएका छन् भने २७ हजार १३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *