कति पुग्यो लकडाउनमा सुन-चाँदीको मूल्य ?
मकालु खबर
२०७७ जेठ २५ गते
काठमाडौं । आज सुनको मूल्य तोलाको ८७ हजार ४ सय कायम गरिएको छ । सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन-चाँदीको नयाँ मूल्य निर्धारण गरेको हो । अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलाको ९ सय २५ रुपैयाँ तोकिएको छ ।
कडाउनपछि कारोबार नहुँदा महासंघले दर भाउ निर्धारण गर्न छोडेको थियो । आइतबारदेखि पुनः दरभाउ तोकेको हो । विस्तारै लकडाउन खुलुलो बनाउनेतर्फ उन्मुख भएको, केही समयसम्म पसल व्यापार व्यवसाय सञ्चालन हुने क्रम सुरु भएकाले सुनचाँदीको दर भाउ पनि पुनः सुचारु गरिएको महासंघले जनाएको छ ।
मकालु खबर
२०७७ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित