मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

छुट्टिएका प्रेमिल ताल्चाहरू

संयोग पनि खुब टुपुल्किएको थियो त्यही दिन । म प्रेमिल जोडीहरूका ताल्चाहरुको संग्राहलय हेर्न दक्षिण कोरियाको सउलस्थित १०८ तले बिल्डिङको फेदबाट टुप्पोतिर उक्लिरहेको थिएँ । मान्छेहरूको घचिघचाउ लिफ्टमा म एक्लो छु भन्न बढो मुस्किल परिरहेको थियो, त्यहिबेला भिडियो कल गरेर मुन्टिएको  साथी नामको जासुसेलाई ।

उत्सुकताको गन्तव्य उतिखेरै भेटिसकिएको रहेछ। भर्याङ चढ्न पर्या भा पो बेर लाउनि ! १०८ तले गगन चुम्ने बिल्डिङको टुप्पोमा रहेको त्यस संग्राहालय नियाल्दा लाग्थ्यो यहाँ लाखौँ जोडीहरूले सम्बधका ताल्चाहरु झुण्ड्याएर छोडिरहेका छन् । के ती सबै सम्बन्धहरु यी ताल्चा जस्तै सङ्गै होलान् त ?

अशाेक डुम्रे, हाल दक्षिण काेरिया ।

प्रश्नले मन हुँडलिरहेको थियो । त्यहिबेला कतैबाट मस्तिष्कमा एक पित्को रहर हुत्तियर आयो । फेसबुकमा लाइभ हालेर नेपाल सम्मै पुर्याउँछु । एस्क्यिुज मी ! यही बेला को मुन्टियो फेरि ? लाइभको रातो भित्तामा चुनावी औँलो थिच्न ठिक्क थिएँ । हामीहरुको फोटो खिच्दिनु न है रे ! आफ्नो मोबाइलाई लुसुक्क खल्तिमा हालेर उनीहरूको अनुहारतिर उचालिँए ।

ति मध्ये एउटि आकर्षकको केन्द्रबिन्दु बनि । लाग्थ्यो यि दुबै जापानीज  अनुहारहरु हुन् । भयो, भो नजाने गाँउको बाटै नसोधुँ । मनमा नलागेको पनि होइन फोटो खिचिदिए बापत् परिचय मागु किँ !

तपाईँ पनि ताल्चा झुण्ड्याउन आउनुभा ? राम्रीलाई उछिनेर ऊ भन्दा नराम्री चाहीँ बोली । एकलकाटे ताल्चाको यहाँ अस्तित्व हुँदैन । मोबाइलको फ्रेममा उनिहरुको आकृति मिलाउँदै म बोलेँ । जोडि ताल्चा भेट्नुभएन ? उहि अनुहार नपरेकि फेरि प्याच्चै बोली ।

ताल्चाहरु खिया लागेर चुँड्न सक्छन्, चुँढिनेहरू भेटिएर पो के अर्थ ? मौकामा एक अंश खुत्रूक्क छिराएँ । फोटाहरू अझै खिच्दिनु है, फेरि उही बोली ! हैन कति जान्नि पल्टिनु परेको यसैलाई । ऊ किन बोल्दिन, राम्री चाहीँ ?   उनीहरू फरक फरक पोजहरुमा आफूहरूलाई ढाल्नमा ब्यस्त थिए । समस्याभित्रै अवसर खोज्न खप्पिस म , बिचित्रै राम्रीको एक्लो आकृति मोबाइलको फ्रेममा तानिरहेको थिएँ । अर्कि पनि मख्खै होलि म पनि फ्रेममा छु भनेर । यिस् ।

अर्कि चाँहि फक्लक्क पाकेको कटरको खोया जस्तै रसिलि थिई । क्वाप्पै खाईहालुँ जस्ति । सोँच्दै थिएँ, ऊ बोलि भने मात्रै उसको मुखबाट स्वादको रस् बग्नेछ । त्यो कति श्वादिलो होला ?घाँटिबाट मुढेको कपालमा जिन्सको हाफ् पाईन्ट र कालो ओभरकोट, उसको पातलो र अग्लो शरिरमा खुब जमेको थियो ।

हातमा कालो ग्लप्स । सिल्भर माछा जस्तै सुलुत्त बगेकि थिई ऊ । गोरो बाटुलो अनुहारमा खुब सुहाएका उसका ठुला आँखाहरू, बाक्लो आँखिभौँले सुरिला रेखा काडेका थिए । घरिघरि उ खिस्स हाँस्दा गालामा खुब सुहाँउदा खोबिल्टा पर्ने रहेछन् । ‘आँट्न के जन्छर तेरो !’ अन्तरमनले मलाई नघुच्याएको पनि होइन । भयो भो फुर्ति नछाड् अर्काका मुलुकाँ । लुते मन बिचमा खुस्रुक्क छिरेर डिस्टर्ब पो गर्यो ।

अब यो लास्ट है सर । त्यहि अनुहार नपरेकि बोलि । फोटो होइन भिडियो । मोरिजास् । फेरि त्यहि पो अघि सरि । मेरो हातबाट आफ्नो फोन थुतेर फोटोबाट भिडियो तिर सारि अनि मेरै हातमा थमाएर तिनै ताल्चाहरुको भिडतिर लागि ।

मैले रेकर्डमा क्लिक गरेर बुढि औंलो उठाएँ, त्यसपछि हजारौँ ताल्चाहरुको त्यो भिडमा ति दुबैले खोतल्न थाले । एक्कासि मोबाईल च्यापिरहेका मेरा औँलाहरु थर्रर भए। त्यहि राम्रि चाँहिले प्रेमिल ताल्चाहरूको भिडबाट खोतलेर एउटा तल्चा जोडि आफ्नो आँखाको नजिक लगेर नियालेर हेरि । उसले त्यसो गर्दा ग्लप्स सङ्ग जोडिएको ओभरकोटको बाहुलाहरू कुहिनातिर खुम्चिए ।

देखेँ, उसका दुबै हातहरू प्लास्टिकका थिए । उसका आँखाहरूमा अबिरल आँशुहरू थामिएका थिएनन् । लाग्थ्यो, ऊ क्षणभरमै बसन्त ऋतुबाट बर्षात ऋतुमा फर्कि । त्यसपछि ऊ मेरो नजिक आई अर्थात् क्यामेराको र ओठहरू मात्रै चलाएर मनका भावनाहरू बोलि । यद्यपी ति आवाज बिहिन थिए । रहस्य झन् जटिल बन्यो । ऊ बोल्न पनि नसक्ने रहिछे ।

भिडियो सेशन सकिएर छुट्टिने बेला बोल्ने चाहिँले मलाई धन्यवाद दिँदै भनि, सम्बन्धका ताल्चाहरू तब मात्रै चुकुलसँग जोडिने रहेछन्, जब तपाईँ सँग सबथोक हुन्छ । सडक दुर्घटनामा परि मेरि साथीले हात र आवाज गुमाई । बदलामा यहि आएर गाँसिएको वीवन्तको प्रेम गुमाई ।

भन्न सक्नुहुन्छ, प्रेम ठुलो कि शारिरिक अंग ? सिस्नो पानीले झ्याम्म हानेझैँ भएको थियो मेरो अनुहार जब ऊ त्यत्ति बोलेर मेरो हातको आफ्नो मोबाईल र साथीको नक्कलि हात तानेर गई ।

अनुहार राम्री तर परिस्थिति बिग्रेकिले लिफ्टको ढोका ढ्याप्प हुनेबेला मलाई पुर्लुक्क हेरि । म ट्वाल्ल परेँ । परिस्थितिले छुट्टयाइएका ताल्चाहरु भुँईमा त्यत्तिकै असरट्टै थिए । त्यसपछि मलाई त्यहाँ अडिन मन लागेन !

प्रतिकृयाहरु
Loading...