बाबुरामको प्रशंसामा कमल थापाः ‘नाम तल राख्दा उचाई झन् बढेको छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको वरियता र राजनीतिक उचाईमा निर्वाचन आयोगमा पेश भएको कागजले नमर्ने बताएका छन् ।

जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले नेता भट्टराईको प्रशंसा गर्दै उनको पक्षमा सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका हुन् ।

उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियतारराजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *