अर्को वर्ष झण्डा फहराएर रेल गुड्छः मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अतिक्रमण भूमिमा महाकाली कोरिडोरको खलंगा- तिंकर सडकखण्ड निर्माणमा लागि छुट्टै कार्यालय स्थापना गरिने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा नेम्वाङले महाकाली कोरिडोरको कार्यालयबाट नभएर छुट्टै कार्यालय स्थापना गरी सडक निर्माणको कार्य अगाडि बढाइने बताए।

उनले कञ्चनपुरको गड्डाचौकीदेखि दार्चुलाको तिंकरसम्मको महाकाली कोरिडोर निर्माणलाई सरकारले महत्त्वका साथ अगाडि बढाएको जानकारी गराए। मन्त्रिपरिषद् बैठकले महत्त्वका साथ उक्त सडकखण्ड उक्त सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको स्मरण गराए। तिंकर जानका लागि नेपालीलाई भारतीय सडक प्रयोग गर्ने अवस्थाको रहेको छ।

मन्त्री नेम्वाङले दुई वटा रेल खरिद कार्य सम्पन्न भई रेल निर्माण कार्यसमेत सकिएको जनाए। उनले आउँदो आर्थिक वर्ष ०७७/७८ भित्र ती रेल नेपालमा गुड्नेसमेत बताए। नेम्वाङले भने, ‘नेपालको झण्डा फहराएर त्यो रेल जनकपुर जयनगरमा सञ्चालन गर्ने ब्यहोराको जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरिएको जानकारी दिन चाहन्छु।’

विगतमा सुरु गरिएका राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा छिटो सम्पन्न गर्नका लागि यथोचित बजेट व्यवस्था गरिएको बताए। उनले पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बढाउने काम भइरहेको पनि उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *