जागिरबाट निकालिएपछि अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालमा कार्यरत एक कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।

साफे नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमबार बिहान अस्पताल परिसरमा आत्मदाहको प्रयास गरेका हुन् । पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका उनको शरीरको तल्लो भाग केही जलेको छ। अहिले उनको उद्धार गरी कोहलपुर अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

यता अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई कामबाट हटाएको थियो । उनीहरु अस्थायी करार कर्मचारी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *