थप एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
मकालु खबर
२०७७ जेठ २६ गते
काठमाडौं । स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको प्रेस ब्रिफिङमा बोल्दै यसबारे पुष्टि गरेका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।
संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए । उनकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ ।
मकालु खबर
२०७७ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित