आत्मदह गरेका अस्पतालका एक कर्मचारीको उपचारको क्रममा मृत्यु

अछाम । आत्मदह गरेका अछामको बयलपाटा अस्पतालका एक कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालमा कार्यरत करारका कर्मचारीलाई जागिरबाट हटाएपछि आक्रोशित हुँदै आफ्नै शरीरमा आगो लगाएका सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

अछामको बयलपाटा अस्पतालले करारमा कार्यरत कर्मचारीहरुको नविकरण नगरेपछि साँफेबगर नगरपालिका ६ भागेश्वरका आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर सख्त घाईते भएका थिए ।

उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिएका छन्।

दुई वर्षदेखि बयलपाटा अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत उनले अब हातमुख जोर्न समस्या भएको भन्दै शरीरमा पेट्रोल छर्केका थिए।

अस्पतालले आर्थिक संकट परेको भन्दै आउजीसहित३३ जना कर्मचारीलाई हटाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *