लिम्पियाधुरा नेपालको हो भन्ने कुरा म स्वीकार गर्दिनः सरिता गिरी (भिडियोसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि नेतृ तथा सांसद सरिता गिरीले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो भनेर आफूले स्वीकार गर्न नसक्ने बताएकी छिन् । एक टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा सांसद गिरीले यस्तो बताएकी हुन् । सीमा विवाद राष्ट्रियताको कुरा नभएको र यो विषयमा भावनात्मक रुपमा जान नहुने उनको भनाइ छ ।

उनले भनेकी छिन्– ‘लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने कुरा म स्वीकार गर्दिन । प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले पनि स्वीकार गर्नुभएको छैन । सबुत ल्याउनुस् । नेपाल र भारतको सम्बन्ध नबिगरियोस् । वार्तामा जाऔँ ।’

उनले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नयाँ नक्साको समेत समर्थन नगर्ने बताइन् । नेपालले समेटेको ती भूभाग भारतकै भएको उनकाे जिकिर छ ।

त्यस्तै सांसद गिरीले संसदमा हिन्दीमा बोल्नु नराम्रो नभएको प्रतिक्रिया दिइन् । हिन्दी भाषा अधिकांश नेपालीले बुझ्ने र मधेसी जनताको प्रमुख भाषा रहेको दाबी गरिन् । ‘नेपालको संविधान कतै पनि लेखिएको छैन कि हिन्दीमा बोल्नु हुँदैन । पछिल्लो जनगणनामा हिन्दी नेपालमा बोलिने भाषा हो भनिएको छ । नेपालीहरुको जीनमा नेपाली छ तर मधेशको जीनमा हिन्दी छ’, सांसद गिरीले भनिन् ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *