ब्राजिलले कोरोनासँग सम्बन्धित आँकडा सार्वजनिक गरोस् : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ब्राजिललाई कोरोना भाइरस संक्रमणको आँकडा जुटाउन सहयोग गर्न अपिल गरेको छ । डब्लुएचओले ब्राजिललाई कोरोनाबारे सहीरूपमा पारदर्शी हुन र यस सम्बन्धि सबै आँकडा सार्वजनिक गर्न अपिल गरेको हो ।

अहिले ब्राजिल कोरोनाको नयाँ इपिसेन्टर बनेको छ । पछिल्लो अपडेट अनुसार ब्राजिलमा अमेरिकापछि सबै भन्दा धेरै ७ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३७ हजारभन्दा बढीको ज्यान गएको छ । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोनाको महामारीलाई सहि किसिमले नहेरेको आरोप लाग्दै आएको छ ।

संक्रमण बढ्दै गएपछि ब्राजिलले नियमित अपडेट र कोरोना बारेको जानकारी आफ्नो वेबसाइटबाट हटाएको छ । ब्राजिलका राष्ट्रपति बोलसोनारोले डब्लुएचओसँग आफ्नो असन्तुष्टि व्यक्त गर्दै अमेरिकाले जस्तै डब्लुएचओसँगको सम्बन्ध तोड्ने धम्की दिइसकेका छन् ।

डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रमुखले मिडियासँग कुरा गर्दै नागरिकको सुरक्षाको किसिमले यस सम्बन्धि आँकडा सार्वजनिक हुन जरुरी रहेको बताएका छन् । यसबाट कोरोना कति फैलियो र कसरी नियन्त्रण हुदै छ भन्ने महत्वपूर्ण जानकारी हासिल हुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *