दुई जनामा कोरोना पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज बन्द

बाँके । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि पूर्णरुपले बन्द गरिएको छ ।

शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको पाइएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *